विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुन:आग्रह
काठमाडाैं | बैशाख १, २०८२
काठमाडौं: कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले अतिवादी समूह हमासको कब्जामा रहेका विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारीसँग आग्रह गर्नुभएको छ ।
कतारको परराष्ट्र मन्त्रालयका महासचिव अहमद बिन हसन अल हमादीसँग आज भएको भेटमा राजदूत पौडेलले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्न कतार सरकारले निभाएको भूमिकाको सराहना गर्दै बन्धक बनाइएका जोशीको रिहाइका लागि सहजीकरण गरिदिन अनुरोध गर्नुभएको हो ।
दोहास्थित नेपालको राजदूतावासका अनुसार उहाँहरूबीच गत वर्ष कतारी अमिरको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं समझदारीको कार्यान्वयनमा जोड दिँदै द्विदेशीय श्रम सम्झौता नवीकरणबारे विचारविमर्श भएको थियो ।
महासचिव हमादीले जोशीको रिहाइका निम्ति प्रयत्न गर्न तथा श्रम सम्झौता नवीकरण गर्न कतार सकारात्मक रहेको बताउनुभएको थियो ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

